Articles

डाक्टर साहेव नेता होईन राजनेता वन्ने प्रयास गर्नुस

चैत्र ५ गते मध्यराती । सुदुरपश्चिमको डडेल्धुरा । घडीले ११ वजाइसकेको थियो तर वावुरामको व्यग्र प्रतिक्षामा रहेका थिए डडेल्धुरावासीहरु । प्रशंग हो जनताका प्रिय नेता मानिदै आएका डा वावुराम भट्टलाईले जीवनको ७५औं जिल्ला भ्रमण गर्ने क्रममा गत वर्ष चैत्र ५ गते वैतडी र दार्चुला जाने क्रममा वाटोमा पर्ने जिल्ला डडेल्धुरामा उनलाई भव्य स्वागत गरिएको त्यो समयको । कैलालीको गेटा विमानस्थलबाट दार्चुला र वैतडी आफ्नै आखाले हेर्ने ठुलो ईच्छा रहेछ डा भट्टराईको । सञ्चारकर्मीहरुसंग पनि उनले यहि कुरा वेलावेला दोहोराइरहेका थिए । नेपालमा ७५ जिल्ला भ्रमण गर्ने उनि पहिलो नेता पनि हुन नेपाली राजनीतिको इतिहासमा ।

वैतडी र दार्चुला पुगेर उनले सिङ्गो नेपालको भ्रमण गरे र नेपालको अन्तीम जिल्ला दार्चुलामा सम्वोधन गर्दै भनेका थिएमैले सानैदेखि पुरै नेपाल घुम्ने र हेर्ने ईच्छा राखेको थिए, आज पुरा भयो अव म मुलुक सञ्चालनको तहसम्म पुगे भने सिङ्गो नेपालको विकासको खाका वनाउनेछु । डा भट्टराइको यो सम्वोधनपुर्व झण्डै २ दर्जन वढी ठाउहरुमा उनलाई सम्मान गरेका थिए सुदुरका अभावग्रस्त जनताहरुले । सधै उपेक्षा, अपमान, असमानता र विभेदको मिचाईमा परेका जनताहरुले वावुरामप्रति ठुलो आशा , भरोसा र सम्मान व्यक्त गरेका थिए र जनताका कु्राहरु उनले ध्यानपुर्वक सुन्दै प्रतिक्रिया पनि दिइरहेका थिए । हामी सञ्चारकर्मीहरुलाई डा भट्टराईले ७५ जिल्लाको भ्रमण गरेको खवर व्रेकिङ गर्ने हतार पनि थियो किनकी १ दर्जन सञ्चारकर्मीहरु उनीसंगै गएका थियौं । रातभरीको जोखिमपुर्ण यात्रापछि नेपालको वाटो हुदै हामी २ वजे राती अर्थात चैत्र ७ गते दार्चुला पुग्यौ । सुनसान रातमा भिलिमिली वत्ती वलिरहेको सहर देखियो मैले झट्ट सोधिहाले आहा कस्तो रामं्रो सहर दार्चूृला कति विकसित रहेछ ।तत्काल एकजना उद्योगी मित्रले प्रतिक्रिया जनाउदै भने यो नेपाल होईन भारतको धारचुला हो ।

यो सुनेपछि मनमा नरमाईलो महसुस पनि भयो मनमनै खल्लो अनुभुती भयो किनकी रात भएकाले ठम्याउन सकिएको थिएन । त्यो राती हामीहरु भोकभोकै सुत्यौ कोही गाडीमै, कोही होटेलमा त कोही माओवादीकै पार्टी कार्यालयमा । विहान भएपछि डा भट्टराई भेटघाटमा व्यस्त रहनुभयो । त्यही विचमा एक कार्यक्रम नागरिक समाजले आयोजना गरेका थियो हामी पनि सहभागि भयौं । कार्यक्रममा एकजना काग्रेसका जिल्ला सचिवले सम्वोधन गर्दै भने प्रचण्ड माओवादीका अध्यक्ष हुन, शुशील काग्रेस सभापति हुन,झलनाथ एमाले अध्यक्ष हुन तपाई डाक्टर साहेव सवैको नेता हुनुहुन्छ त्यसकारण तपाई नेता होईन राजनेता वन्ने प्रयास गर्नुस ।

गोर्खाका वावुरामलाई सुदुरपश्चिमबाटै पटक पटक प्रधानमन्त्री वनेका शेरवहादुर देउवा, लोकेन्द्र चन्द लगायत अन्य नेताहरुको भन्दा वढी सम्मान देखेर लाग्यो वावुराम मात्र त्यो दियो हो जो आफु जलेर पनि सिङ.गो देशलाई उज्यालो दिन सक्छ । कार्यक्रम हुदै जादा उनीसंग रहेका माओवादी नेता धर्मेन्द्र वास्तोला, हिसिया यमी, खगराज भट्ट शालिन मुद्रामा जनताहरुका अनुहार चियायी रहेका थिए । दार्चुलामा डा वावुराम भट्टराईलाई हेर्न ३ दिन पैदल हिडेर सदरमुकाममा वास वसेकाहरु थुपै्र भेटिन्थे । गार्खका वावुराम आज नेपालका प्रधानमन्त्री वनेका छनतर उनका अगाडी कयौ चट्टानहरु काम गर्न नदिने भन्दै ढिङ्ग उभिएका छन तर भट्टराई ति पहाडलाई ध्वस्त पार्दै मैदान वनाउने सामथ्र्य पनि राख्दछन जनाता यो कुरमा विश्वस्त छन् । सिङ्गो मुलुकले उनीबाट कयौ अपेक्षा राखेको छ । तर सुदुरपश्चिमका जनताहरुका आफ्नै चाहना र आवश्यकताहरु छन डा भट्टराईले वुझ्नेछन यि कुहराहरु ।

कहिले जीवनजल नपाएर मरेका छन सुदुरका जनताहरु,कहिले वाढीले वगाएर मरेका छन सुदुरका जनताहरु,कहिल्यै नेताहरुको आश्वासनले मात्तिएर निरास भएका छन सुदुरवासीहरु, कहिले न्युन वजेटका कारणबाट विकासबाट वञ्चित भएका छन सुदुरका जनताहरु,कहिले खाद्यान्न अभावमा कुपोषणको शिकार भएका छन सुदुरपश्चिमवासीहरु,कहिले पढ्का लागि विश्वविद्यालय नपाएर पढ्नबाट वञ्चित हुदै चिच्याइरहेका छन सुदुरका विद्याथीहरु । सुदुरपश्चिमले नेता त कयौ पायो तर निती पाएन,आश्वासन पायो राहत पाएन त्यसैले तपाईप्रति ठुलो विश्वास गरेका छन सुदुरपश्चिमका जनताहरुले । हुनसक्छ तपाइलाई काम गर्न कयौ असहज छ तर तपाईलाई हेर्न मध्यरातमा सडकमा उर्लिएका जनताहरुको चाहनाका अलिकती पनि परिवर्तन आएन र महसुस गर्न पाएन भने फेरी उहि नियती भोग्दै तपाईलाइ पनि उनै नेताहरुको सुचिमा राख्नेछन जो सुदुरपश्चिमको विकासका लागि भाषण त गर्छन काम गर्दैनन् । यो मुलुकको आजादी र उन्मुत्तीको लागि कलिलै उमेरमा भीमदत्त पन्तले आफ्नो शिर चढाएका छन, दशरथ चन्द फासीमा झुण्डिन तयार भएका छन । सामाजिक क्षेत्र होस,खेलक्षेत्र होस, राजनैतिक क्षेत्र होस सुदूरपश्चिमले उच्च संघर्ष र वलिदान पनि गरेको छ ।

विभिन्न समयमा भएका राजनैतिक संघर्ष र माओवादीले नै सञ्चालन गरेको न्यायपुर्ण जनयुद्धमा महाकाली र सेती नदीमा रगतको खोलो वगाएका छन सुदुरपश्चिमका वीरहरुले । एकपटक निरास सुदुरपश्चिमका जनताहरुमा फेरी आशाको किरण सञ्चय भएको छ अव त केही हुन्छ हामं्रा लागि र यो देशका लागि । डा भट्टराईलाइ पार्टीभित्रका र अन्य दलहरुको कत्ती सहयोग र सदभाव छ त्यो भन्न सकिन्न तर जनताहरुको सहयोग र समर्थन अहिले भट्टराइसंग छ । जनताको सहयोग र समर्थनलाई उर्जाको रुपमा लिदै विचारमा दृढता,कामका इमान्दारीता र मनमा जिम्मेवारी वोध गर्नुभयो भने सडकमा कराउने फ्याउराहरु आफै सिद्धिनेछन । अहिलेकै अवस्थामा भन्ने हो तपाईलाई असफल र असत्य सावित गर्न देशभरीका सवै पार्टीका नेताहरु लागेपनि उनिहरु कदापी सफल वन्नेछैनन ।

किनकी जनताका मनमनमा तपाइलाई सम्मान छ तर सम्मानको अवधी पनि सिमित हुन्छ त्यो कुरालाई ख्याल गर्न जरुरी पनि छ । तपाइमाथि लागेका अनेक आरोपहरुलाई व्यावहारबाट पुष्टि गर्ने मौका पनि आएको छ यतिवेला अव आफ्ना कदमहरुलाई दृढतापुर्वक चाल्दै मुलुकमा शान्ती, जनताको संविधान र दिगो विकास गर्न जरुरी छ । आज सडकमा सुनिन्छ केही नेताहरुले तपाइलाई असफल सिद्ध गर्न गधालाई धोएर गाई वनाउने दुस्सास गर्न खोज्दैछन,वालुवा पेलेर तेल निकाल्न खोज्दैछन,मरभुमिमा सुन्दर फुलको परिकल्पना गरिरहेका छन यो व्वाइलर कुखुराहरुको अभियान कदापी सफल हुनेछैन । किनकी अहिले केही नेताहरुलाई अस्पतालको शैयामा राखेर स्लाईन चढाइएको छ र स्लाईनको पानी सिद्धिनेवित्तिकै उनिहरु पनि विलाएर जाने भयले तपाईलाई वदनाम गर्न अनेक प्रपञ्च रचिरहेका छन् । पाइला पाईलामा एम्वुस विछाइएका छन, मोड मोडमा अपराधि राखिएका छन,चोकचोकमा आफ्नै र अर्काका चम्चाहरु छन , गासगासमा ढुङ्गा मिसाईएका छन होस पुर्याएर हिड्न जरुरी छ ।


music

About Music Read More »

Online radio
More News