Sport News
मैत्रीपूर्ण फुटबलमा शहीद स्मृती क्लब बिजयी
काठमाडौ कार्तिक १५ । पोखरामा सम्पन्न भएको मैत्रीपूर्ण फुटबल खेलमा शहीद स्मृती क्लबकाठमाडौंले आदर्श यूबा क्लब पोखरालाई ३-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै जित हात पारेको छ ।
शहीद स्मृतिका लागी खेलको ४० औं र ६०औं मिनेटमा मणी पण्डीत तथा ६७ औं मिनेटमा राजकुमार घिसिङले गोल गरेका थिए । तीन गोल खाएपछि अत्यन्तै आक्रामक बनेको आदर्श यूबा क्लबकालागी ८० औं मिनेटमा सुरज गुरुङले सान्त्वना गोल फर्काएका थिए ।
