एएफसी च्याम्पीयन सिप फुटबल
काठमाडौ कार्तिक १५ । नेपाल एएफसी अण्डर-१९ च्याम्पीयनसीप फुटबल प्रतियोगिता-२०१० बाट बाहिरीएको छ । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जोर्डनसँग पराजीत भएपछि नेपाल प्रतियोगिताको छनौट चरणबाटै बाहिरीएको हो ।
प्रतियोगितामा छनौटको सम्भावना जिबितै राख्न आजको खेल जित्नै पर्ने बाध्यता बोकेको नेपाल पराजय पश्चात अँक तालिकामा पछि परेपछि छनौटको सम्भावना अन्त्य भएको हो । छनौट चरणको चार खेलमा एकमा मात्रै जित हातपारेको नेपालको खातामा ३ अँक मात्रै छ । समान चार खेलबाट आजको जित सहित जोर्डनले १० अँक जोडेको छ भने ताजकिस्तानले ९ तथा यमनले पनि ७ अँक जोडेको छ । नेपालले आफ्नो बाकिँ एक खेलमा जित हातपरेपनि छनााैटका लागी पर्याप्त हुने छैन ।
त्रिपुरेश्वर स्थित दशरथ रङगशालामा भएको आजको खेलमा नेपाल जोर्डनसँग ३-२ गोल अन्तरले पराजित भयो । प्रतियोगिता भरकै रोचक र सन्सनीपुर्ण बनेको आजको खेलमा खेलको उत्तरार्धतर्फ ९ खेलाडीमा सिमीत भएको जोर्डलाई नेपालले दबाबमा राख्न सकेपछि जित भने हात पार्न सकेन । खेलको पहिलो हाफ र दोस्रो हाफमा जोर्डनका दुई खेलाडी रेड कार्ड खाएर मैदान बाहिरीएका थिए ।
यद्यपि खेलमा अग्रता भने खेलको २५ औँ मिनेटमा मोहमद सलिमको गोलबाट जोर्डनले लिएको थियो । त्यस पछि खेलको २८ औँ मिनेटमा निराजन मल्लले आकर्षक गोलगर्दै खेल १-१ बराबरीमा ल्याए । तर पहिलो हाफको ३७ औँ मिनेटमा जोर्डनका शुहिब एडनान्ले गोल गर्दै खेल २-१ को स्थितीमा ल्याए । दोस्रो हाफको ७३ औँ मिनेटमा नेपालका शिभ श्रेष्ठले लेष्ट कर्नरबाट गरेको शशक्त प्रहार गोलमा परीर्ण भएपछि खेल पुन २-२ को बराबरीमा आयो । तर खेलको अन्त्यतिर ८८ औँ मिनेटमा उडे शमिरले गोल गरेपछि जोर्डनले खेल ३-१ ले जित्यो ।
प्रतियोगिता अन्तर्गत आजै सम्पन्न अन्य खेलहरुमा यमनले ताजकिस्तानलाई ३-० गोल अन्तरले पराजित गरेको छ भने प्यालेष्टाईन किर्गिस्थानद्धारा २-० ले पराजित भएको छ । नेपालले आफ्नो टनौट चरणको अन्तिम खेलमा आगामी मँगलबार प्यालेष्टाईनसँग प्रतिस्पर्धा गर्ने छ ।
यसैबिच नेपाल र जोर्डनको खेल हेर्न दशरथ रङगशाला आएका दर्शकहरुले रेपि्रु र जोर्डनका खेलाडीमाथी दुब्यबहार गरेका छन् । खेलको अन्त्य तिर पुर्बपट्टीको प्याराफिटमा बसेका दर्शकहरुले लाईन्सम्यानलाई तथा पश्चीमतर्फको प्याराफिटमा रहेका दर्शनहरुले जोर्डनका खेलाडीलाई ढुङगा प्रहार गरि घाईते बनाएका थिए । उनिहरु दुबै जनालाई तत्कालै हस्पिटर लगिएको थियो । उक्त घटनाका कारण झण्डै पाचँ मिनेट जती खेल अबरुद्ध भएको थियो ।
