Latest News


माओबादी सभासद माथि प्रहरी हस्तक्षेप




सुदुरपश्चिमका बाढी पिडितलाई राहत तथा बसोबासको ब्यबस्थाको माग गर्दै सिहदरबारको दक्षिण गेटमा धर्नामा बसेका सुदुरपश्चिमका माओबादी सभासद माथि प्रहरीले आज हस्तक्षेप गरेको छ ।
सभासद् लेखराजभ भट्टको नेतृत्वमा त्यस क्षेत्रका सभासद् र पीडितहरु एक घण्टा सिहंदरवारको दक्षिणगेटमा धर्ना दिएका थिए । धर्नामा बसेका माओबादी सभासदहरुलाई प्रहरीले लाठिचार्ज गर्दै त्यहा बाट हटाएको थियो ।
प्रहरीले लाठि प्रहार गर्दा पूर्व मन्त्री तथा सभासद् लेखराज भट्टको बायाँ हातमा चोट लागेको छ भने डडेल्धुरावाट प्रनिधित्व गर्ने सभासद् हरिलाल थापा मगरको टाउकोमा गम्भिर चोट लागेको छ । उहाँको अल्का अस्पतालमा उपचार भइरहेको छ । टाउको पाँच टाँचा लगाउनु परेको थियो ।
आजै त्यसक्षेत्रका सभासद् लेखराज भट्ट भगत बडुवाल टेकेन्द्र भट्ट लिला भण्डारी देवीलाल चौधरी नरेन्द्र कुवँर रुपा चौधरी कृष्ण कुमार चौधरी हरिराम श्रीपाईली कमल क्षेत्री सुकदैया चौधरी हरिलाल थापा मगर र धर्मराज विकले एक संयुक्त विज्ञाप्ती निकाली प्रहरी दमनको भत्सर्ना गर्दै जनताको माग पूरा नभए सम्म अझ आफूहरु सशक्त आन्दोलन गर्ने बताएका छन् ।
यसैबिच एकिकृत नेकपा माओबादी सबिधान सभादलले आज एक बिज्ञप्ति निकाली शान्ति पुर्ण रुपमा धर्नामा बसेका आफ्ना सभासदहरुलाई गृहप्रशासनको आदेशमा प्रहरीले अन्धाधुन्द लाठि प्रहार गरेको प्रति भत्सर्ना गरेको छ । गत असोज १८ गते देखि सुदुरपश्चिममा आएको बाढि र पहिरो बाट ८० भन्दा बढिको ज्यान गएको थियो भने सयौ बिघा जमिनमा लगाइएको धान बाली नष्ट भए पछि त्यस क्षेत्रमा खाद्यान्न अभाब सिर्जना भएको छ ।


Posted On:-
Online radio
News

अन्तर्राष्ट्रिय समुदाय सहमतिको सरकारका पक्षमाः प्रचण्ड

काठमाडौं कार्तिक १५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अन्तराष्ट्रिय समुदायले समेत नेपालमा Read More »


माओवादीद्वारा दोस्रो चरणको आन्दोलन सुरु

काठमाडौ कार्तिक १५ । नागरिक सर्वोच्चताको माग सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको एकीकृत नेकपा माओवादीले आज साझं दे Read More »


कंग्रेस महासमिति बैठक शुरु

काठमाडौं कार्तिक १५ । नेपाली कांगे्रसको महासमिति बैठक आजबाट राजधानीमा सुरु भएको छ । राजधानीको कमलादीस्थाित प्रज्ञì Read More »


सशस्त्र प्रहरीलाई पैदल गस्तीमा परिचालन

मोरङ, कात्तिक १५/नयाँ सुरक्षा योजना लागु भएपछि जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले लामो पैदल गस्ती परिचा Read More »


माओवादीलाई आन्दोलन छाडेर सहमतिमा आउन कोइरालाको आग्रह ::-कांग्रेस महासमिति बैठक सुरु

कांग्रेस महासमिति बैठक सुरु काठमाडौं, १५ कातिक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीका अध्यक्ë Read More »