Latest News


अन्तर्राष्ट्रिय समुदाय सहमतिको सरकारका पक्षमाः प्रचण्ड



काठमाडौं कार्तिक १५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अन्तराष्ट्रिय समुदायले समेत नेपालमा राष्ट्रिय सहमितीको सरकारमा जोड दिई रहेको बेला वर्तमान सरकारले जवरजस्ती आफूलाई टिकाउन कसरत गरि रहेको टिप्पणी गर्नु भएको छ । संयुक्त राष्ट्र संघका महासचिव बान की मुनको भनाई प्रति इंकित गर्दै अध्यक्ष प्रचण्डले अन्तराष्ट्रिय समुदायले समेत नेपालमा शान्ति र संविधानमा जोड दिई रहेका बेला सरकार मौन रहनु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो ।
नेपाल सम्बत ११३० को अवसरमा माओवादी काठमाण्डौं निर्वाचन क्षेत्र नं। १० ले आज राजधानीमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै प्रचण्डले शान्ति र संविधानका लागि वर्तमान सरकार बाधक बनेको आरोप लगाउनु भएको हो । उहाँले राष्ट्रपतिको कदम नसच्चिए सम्म आन्दोलनको बेग नरोकिने चेतावनी दिदैं आन्दोलनमा दमन वा बल प्रयोग भएमा त्यसको परिणाम सामान्य नहुने चेतावनी दिनु भयो । तर प्रचण्डले माओवादी आन्दोलन शान्ति पूर्ण हुने जानकारी गराउनुभयो ।
अध्यक्ष प्रचण्डले वर्तमान सरकारका मन्त्रीहरुको विस्तृत शान्ति सम्झौता विरोधी अभिव्यक्ति प्रति दिइरहेकेा भन्दै खेद प्रकट गर्नुभयो । नेपालको जारी शान्ति प्रकि्रया र संविधान लेखन कार्य लाई कुनै पनि अवस्थामा तुहाउन नदिने बताउँदै प्रचण्डले संविधानसभाका बिरुद्ध हुने कुनैपनि षडयन्त्र विरुद्ध आफ्नो पार्टी डटेर मुकाविला गर्ने उल्लेख गर्नुभयो । राष्ट्रपतिको कदम नसच्चिएमा भविष्य सम्म पनि जनताको लोकतन्त्र सुदृढ नहुने दावी गर्दै उहाले काँगे्रस र एमाले भित्रै राष्ट्रपतिको कदम असंवैधानिक भएको आवाज उठि रहेको जिकिर गर्नु भयो ।


Posted On:-
Online radio
News

अन्तर्राष्ट्रिय समुदाय सहमतिको सरकारका पक्षमाः प्रचण्ड

काठमाडौं कार्तिक १५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अन्तराष्ट्रिय समुदायले समेत नेपालमा Read More »


माओवादीद्वारा दोस्रो चरणको आन्दोलन सुरु

काठमाडौ कार्तिक १५ । नागरिक सर्वोच्चताको माग सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको एकीकृत नेकपा माओवादीले आज साझं दे Read More »


कंग्रेस महासमिति बैठक शुरु

काठमाडौं कार्तिक १५ । नेपाली कांगे्रसको महासमिति बैठक आजबाट राजधानीमा सुरु भएको छ । राजधानीको कमलादीस्थाित प्रज्ञì Read More »


सशस्त्र प्रहरीलाई पैदल गस्तीमा परिचालन

मोरङ, कात्तिक १५/नयाँ सुरक्षा योजना लागु भएपछि जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले लामो पैदल गस्ती परिचा Read More »


माओवादीलाई आन्दोलन छाडेर सहमतिमा आउन कोइरालाको आग्रह ::-कांग्रेस महासमिति बैठक सुरु

कांग्रेस महासमिति बैठक सुरु काठमाडौं, १५ कातिक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीका अध्यक्ë Read More »