Latest News


माओवादीद्वारा दोस्रो चरणको आन्दोलन सुरु




काठमाडौ कार्तिक १५ । नागरिक सर्वोच्चताको माग सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको एकीकृत नेकपा माओवादीले आज साझं देशब्यापि मसाल जुलुस प्रर्दशन गरेकोछ । माओवादीले केन्द्रीय नेता तथा सभाषदहरुको सहभागितामा उपत्यकाका विभिन्न ७ ठाउबाट एकसाथ ठुलो संख्यामा मसाल जुलुस निकालेको थियो ।

काठमाण्डौको पुरानो बसपार्क बाट अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड लगायत बरिष्ठ नेताहरुको सहभागितमा घण्टाघरबाट विद्यार्थि महाँकालस्थानबाट बुद्धिजिवी संगठन महावौद्धबाट गणतान्त्रीक माच र जमलबाट काठमाण्डौ जिल्ला समितीको अगुवाइमा जुलुस निकालिएको थयो । त्यस्तै ललितपुरको लगनखेलबाट पम्फा भुषाल र भक्तपुरको पांचतलेदरबारबाट शक्ति बस्नेतको नेतृत्वमा मसाल जुलुस निकालिएकोछ । हजारौको संख्यामा साझ पौनो ६ बजेबाट निकालीएको मसाल जुलुस जमल पुतलिसडक बागबजार सहिदगेट हुदै रत्नपार्कमा आएर टुिगंएको थियो ।

उता चितवन पोखरा मकवानपुर धादिङ नेपालगाज धनगढी महेन्द्रनगर बारा पसा्र लगायतका जिल्लाहरुमा पनि माओवादी कार्यकर्ताहरुले राष्टपतिको कदम सच्चीनुपर्ने नागरिकसर्वोच्वता स्थापित गर्नुपर्ने लगायत मागगर्दे मसाल जुलुस प्रर्दशन गरेको हाम्रा स्थानीय प्रतिनिधीहरुले जनाएकाछन् । माओवादी प्रर्दशनलाई मध्यनजर गर्दे ब्यापक संख्यामा सुरक्षाकर्मि परिचालन गरीएको थियो ।

माओवादीले घोषणा गरेको दुई साता लामो आन्दोलनको कार्यक्रम अनुसार भोली सबै गाविस नगरपालिकामा घेराउ तथा जनसभा कार्तिक १८ र १९ गते देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा काम ठप्प पार्ने गरी घेराउ २३ गते स्वायत्त गणराज्यको घोषणा रहेका छन् । यस्तै कात्र्तिक २४ गते काठमाडौं उपत्यकामा नाकाबन्दी गर्ने कार्यक्रम रहेको छ भने २६ र २७ गते सिँहदरबार घेराउ गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

यसैबिच माओवादी संसदिय बोर्डले आन्दोलनमा सकि्रय सहभागिता जनाउन सभासद्हरुलाई निर्देशन दिएकोछ । संसदियदलको कार्यलय िसंहदरवारमा आज बसेको बोर्ड बैठकले जिल्ल्ाा प्रस्ाासन कार्यलय घेराउ िसंहदरवार घेराउ लगायतका कार्यक्रममा सभासद्को लोगो सहितको पोसाक लगाएर अनिवार्य उपस्थीतहुन निर्देशन दिएको हो । बैठकले आन्दोलनलाई प्रभावकारि बनाउन सबै जनवर्गिय तथा भात्रिसंगठन लाई परिचालनगर्ने निर्णय गरेको माओवादी संसदियदलका उपनेता नारयणकाजि श्रेष्ठ प्रकाशले जनकारि दिनुभयो ।


Posted On:-
Online radio
News

अन्तर्राष्ट्रिय समुदाय सहमतिको सरकारका पक्षमाः प्रचण्ड

काठमाडौं कार्तिक १५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अन्तराष्ट्रिय समुदायले समेत नेपालमा Read More »


माओवादीद्वारा दोस्रो चरणको आन्दोलन सुरु

काठमाडौ कार्तिक १५ । नागरिक सर्वोच्चताको माग सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको एकीकृत नेकपा माओवादीले आज साझं दे Read More »


कंग्रेस महासमिति बैठक शुरु

काठमाडौं कार्तिक १५ । नेपाली कांगे्रसको महासमिति बैठक आजबाट राजधानीमा सुरु भएको छ । राजधानीको कमलादीस्थाित प्रज्ञì Read More »


सशस्त्र प्रहरीलाई पैदल गस्तीमा परिचालन

मोरङ, कात्तिक १५/नयाँ सुरक्षा योजना लागु भएपछि जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले लामो पैदल गस्ती परिचा Read More »


माओवादीलाई आन्दोलन छाडेर सहमतिमा आउन कोइरालाको आग्रह ::-कांग्रेस महासमिति बैठक सुरु

कांग्रेस महासमिति बैठक सुरु काठमाडौं, १५ कातिक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीका अध्यक्ë Read More »