Latest News


कंग्रेस महासमिति बैठक शुरु


कंग्रेस महासमिति बैठक शुरु

काठमाडौं कार्तिक १५ । नेपाली कांगे्रसको महासमिति बैठक आजबाट राजधानीमा सुरु भएको छ । राजधानीको कमलादीस्थाित प्रज्ञा भवनमा शुरु बैठकमा आज राजनीतिक तथा साँगठनिक प्रतिबेदन विधान संशोधन प्रतिबेदन र राज्य पुनस्रंरचना प्रतिबेदन आदि पेश गरिएको छ । प्रस्तुत प्रतिबेदनहरुमा भोलीबाट छलफल शुरु हुने जनाइएको छ ।

महासमिति बैठकको उद्घाटन गर्दै सभापति गिरिजाप्रसाद कोइरालाले नेपाली कंग्रेसलाई एकताबद्ध गरेर अघि लान आवश्यक रहेको बताउनु भयो । कंग्रेस हिजो पनि एक थियो आज पनि एक रहेको छ र भोली पनि एक नै रहने छ- उहाँले भन्नु भयो । सभापति कोइरालाले महासमिति बैठकबाट एकताको सन्देश दिनु पर्ने बताउदै कंग्रेसको इतिहासलाई नबिस्रना महासमिति सदस्यहरुलाई आग्रह गर्नुभयो ।

सभापति कोइरालाले सबै पदाधिकारीहरुको निर्वाचन गर्ने प्रावधानसहीतको संशोधित विधानको प्रसंगमा सभापतिलाई सभापतिलाई सेरेमोनियल बनाउन नहुने बताउनु भयो । पार्टीको साँगठनिक इतिहासमा यस्तो कहिल्यै नभएको उल्लेख गर्दै सभापति कोइरालाले सभापति पदलाई अधिकारविहीन नबनाउनेमा आफु महासमिति सदस्यहरुसंग आशावादी रहेको बताउनु भयो ।

सभापति कोइरालाले आन्दोलनको कार्यक्रम फिर्ता लिएर बार्ताको माध्यमबाट राजनीतिक सहमति खोजी गर्न एकिकृत माओवादीलाई आग्रह गर्नुभयो । कोइरालाले सहमति सहकार्य र एकताको विकल्प नरहेको दोहोर्याउदै आन्दोलन फिर्ता लिएर राजनीतिक सहमतिमा आउन एकिकृत माओवादीसंग आग्रह गर्नुभएको हो ।

दलहरुवीचको उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरेर सबै राजनीतिक गतिरोधको अन्त्य गर्न सकिने बताउदै सभापति कोइरालाले यसका छलफल जारी रहेको र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि सकारात्मक रहेको दावी गर्नुभयो ।

कोइरालाले मुलुक यतिबेला गम्भीर परिस्थितिमा रहेकोले सहमतिको राजनीतिको बिकल्प नरहेको बताउनु भयो ।

उद्घाटन समारोहमा बरिष्ट नेता शेर बहादुर देउबाले मुलुक जटिल परिस्थितिमा रहेकोले त्यसको सामना गर्नका लागि कंग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले फरक मत आउनु स्वभाविक रहे पनि त्यसमा भोटीङ गरेर जीत हारको अवस्था आउन नहुने बताउनुभयो ।

माओवादीले सेनामा हस्तक्षे गर्न खोजेकोले कंग्रेस लगायतका २२ दलले राष्टपतिसमक्ष आग्रह गरेकै कारण राष्टपतिको निर्णय आएकोले यही कुरालाई सच्याउन दलहरुलाई माओवादीले दवाव दिएकोले सहमति निर्माण हुन नसकेको बताउनु भयो । माओवादीलाई वार्तामा आएर सहमति खोज्न देउवाले आग्रह गर्नुभयो ।

यसैवीच महासमिति बैठकले राजनीतिक महत्वको प्रस्ताब पारित गर्दै वार्तामार्फत राजनीतिक सहमति खोज्न माओवादीसंग आग्रह गरेको छ । महासमिति बैठकको शुरुवातमै महामन्त्री विमलेन्द्र निधीले पेश गर्नुभएको राजनीतिक प्रस्ताबलाई सर्वसम्मत रुपमा पारित गर्दै यस्तो आग्रह गरेको हो । प्रस्ताबमा संविधान निर्माण र शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर्याउने कार्य सहमतिबाट मात्र संभव हुने भएकोले घोषित आन्दोलन तत्काल फिर्ता लिएर वार्तामा आउन आग्रह गरेको हो ।

महासमिति बैठकमा देशभरका एक हजार एकसय पचास बढी महासमिति सदस्यहरुको सहभागीता रहेको छ । महासमिति बैठकले पार्टीको संशोधीत विधान राज्यफनसंरचना सम्बन्धि पार्टीको अवधारणा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्ताबेज आदिको टुङ्गो लगाइने छ ।


Posted On:-
Online radio
News

अन्तर्राष्ट्रिय समुदाय सहमतिको सरकारका पक्षमाः प्रचण्ड

काठमाडौं कार्तिक १५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अन्तराष्ट्रिय समुदायले समेत नेपालमा Read More »


माओवादीद्वारा दोस्रो चरणको आन्दोलन सुरु

काठमाडौ कार्तिक १५ । नागरिक सर्वोच्चताको माग सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको एकीकृत नेकपा माओवादीले आज साझं दे Read More »


कंग्रेस महासमिति बैठक शुरु

काठमाडौं कार्तिक १५ । नेपाली कांगे्रसको महासमिति बैठक आजबाट राजधानीमा सुरु भएको छ । राजधानीको कमलादीस्थाित प्रज्ञì Read More »


सशस्त्र प्रहरीलाई पैदल गस्तीमा परिचालन

मोरङ, कात्तिक १५/नयाँ सुरक्षा योजना लागु भएपछि जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले लामो पैदल गस्ती परिचा Read More »


माओवादीलाई आन्दोलन छाडेर सहमतिमा आउन कोइरालाको आग्रह ::-कांग्रेस महासमिति बैठक सुरु

कांग्रेस महासमिति बैठक सुरु काठमाडौं, १५ कातिक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीका अध्यक्ë Read More »