माओवादीलाई आन्दोलन छाडेर सहमतिमा आउन कोइरालाको आग्रह ::-कांग्रेस महासमिति बैठक सुरु
नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीका अध्यक्ष प्रचण्डलाई आन्दोलनका सबै कार्यक्रम रोकेर वार्तामा आउन आव्हान गर्नुभएको छ । आइतबारदेखि सुरु भएको कांग्रेसको महासमिति बैठकलाई सम्बोधन गर्दै उहाँले सहमति र सहकार्यको अर्को विकल्प नभएको भन्दै प्रचण्ड सहमतिमा आउने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले उच्चस्तरिय राजनीतिक संयन्त्र बनेपछि सबै गतिरोध अन्त्य हुने भन्दै प्रचण्डले आफुलाई यो संयन्त्रमा बस्न प्रतिवद्धता जनाएकाले उहाँ सहमतिमा आउने विश्वास व्यक्त गर्नु भयो ।
सभापति कोइरालाले महासमिति बैठकले सभापतिको अधिकार कटौती गर्न नहुनेमा जोड दिनुभयो । उहाँले पार्टीमा एकता कायम राख्न पनि आग्रह गर्नुभयो ।
महासमिति बैठकमा कांग्रेसको विधान राज्य पुर्नसंरचनाको अबधारणा प्रस्ताव लगायतका बिषयमा छलफल हुनेछ। बैठकको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ ।
यसैबीच बैठकस्थल अगाडि नेपाल ट्रेड युनियन कांग्रेसले प्रदर्शन गरेको छ ।
पार्टी एकिकरणपछि पहिलो पटक हुन लागेको महासमिति बैठकमा झन्डै १२ सय सदस्य सहभागि हुदैछन । बैठक आफू अनुकुल नहुने संकेत देखेपछि सभापति कोइरालाले महासमिति रोक्न पटकपटक निर्देशन दिएका थिए । आफ्नो सुझाव विपरित केन्द्रीय समितिले महासमिति बैठक राखेकोमा कोइराला असन्तुष्टी रहदै आएका छन । उनी अन्तिम अवस्थामा बैठकमा सहभागि हुने जनाउ दिएका थिए । बैठकमा सुजातालाई सरकारको नेतृत्वमा पठाउने र उपप्रधानमन्त्री बनाएको प्रकरणलाई विशेष मुद्दा बनाउने तयारी सदस्यहरुले गरेका छन ।
Posted On:-
