४ भदौ, काठमाडौं । नेकपा एमालेले निर्वाचन सम्बन्धी अध्यादेश फर्ता गर्ने राष्टपति डा रामबरण यादवको कमद स्वभाविक भएको बताएको छ । एमाले र्कायबाहक अध्यक्ष वामदेव गौतमले आज एक विज्ञप्ती प्रकाशित गरि दलहरुबीच सहमति नभएको अबस्थामा राष्टपतिले अध्यादेश जारी नगर्नु स्वभाविक भएको बताउनु भएको हो । सोही बिषयलाइ लिएर राष्ट्रपतिको आलोचना र्गनु अलोकतान्त्रिक र र्सवसत्ताबादी कदम भएको भन्दै एमालेले निन्दा गरेको छ । राष्टपतिले अध्यादेश अस्वीकृत गरिसकेपछि सरकार र सत्तारुढ दलहरुमा छटपटि सुरु भएको दावीगर्दै गौतमले नअत्तालिन सुझाव दिनुभएको छ । एमालेले जनआन्दोलनको परिणाम स्वरुप स्थापित प्रथम जनर्निवाचित संस्थाको मर्यादा बिरुद्ध दलीय स्र्वाथमा केन्द्रीत प्रचारबाजीमा नउत्रन पनि आग्रह गरेको छ । कामचलाउ सरकारले र्सवसत्ताबादी मनसायका साथ संविधानको व्यवस्था र आफ्नो हैसियत विपरित अध्यादेश सिफारिस गरेको भन्दै एमालेले सरकारको चर्को आलोचना गरेको छ ।
संविधानको कार्यान्वयनमा उत्पन्न गतिरोध अन्त्य गर्नका लागि राजनीतिक दलबीच सहमति अपरिहार्य भएका बेला यस वास्तविकतालाई अस्वीकार गर्दै सरकारले एकपक्षीय रुपमा अध्यादेश सिफारिस गर्नु सर्वसत्तावादी चरित्र भएको विज्ञप्तीमा उल्ल्ेख गरिएको छ । ”


