काठमाडौं, भाद्र ३ । राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाटै संविधान जारी र्गनुको विकल्प नभएको उल्लेख गर्दै नयाँ निर्वाचन संविधानसभा कै लागि गर्नुपर्ने वताउनु भएको छ । संविधानसभावाट संविधान बनाउने नेपाली जनताको दशकौलामो आकाक्षा पूरागर्न नयाँ निर्वाचन संविधानसभाकै लागि गर्नुपर्ने बताउनुभयो । काठमाण्डौको सुन्दरीजल स्थित अखरेनी माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रमलाइ संवोधनगर्दै राष्टपति यादवले संविधानसभा मार्फत नै निकाश खोज्नुपर्ने बताउनु भएको हो ।
प्रमुख चार राजनीतक शक्ति एकीकृत माओवादी, नेपाली कांगे्रस, नेकपा एमाले र मधेशी र्मोचाको सहमतिविना मुलुकले निकास पाउन नसक्ने भएकोले चार राजनीतिक दलको सहमति अपरिर्हाय रहेको उहााको भनाई छ ।


