काठमाण्डौ भाद्र ३ । नेकपा एमानलेका प्रभावशाली नेता केपी शर्मा ओलीले आबस्यक परे राष्टपतिय शासनको संभावना रहेको बताउनु भएको छ । वर्तमान सरकार २५ बर्षसम्म चल्नसक्ने एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको भनाइप्रति लक्षितगर्दै ओलीले राष्पतिय शासनको संभावना रहेको टिप्पणी गर्नुभयो । नेपाली कागे्रसका सभापति सुशील कोइरालासंग आज विहान भएको भेटपछि नेता ओलीले आबस्यक परे राष्टपतिय शासनको संभावना कायम रहेको बताउनु भएको हो । यद्यपी अहिले नै राष्टपतिय शासनको संभावना नभएको उहाँले स्पष्ट गर्नुभयो । सभापति कोइराला र नेता ओलीबीच विकसित राजनीतिक घटनाक्रमको बिषयमा छलफल भएको थियो ।
यसैबीच नेता ओलीले राष्ट्रपति रामबरण यादवले प्रधानमन्त्रीलाई बर्खास्त गरेर बालुवाटरबाट हटाउन सक्ने दावी गर्नुभएको छ । राष्ट्रपतिले पहिलो पत्र पठाएर प्रधानमन्त्रीलाई कामचलाउ बनाई दिएको स्मरणगर्दै उहाँले अर्को पत्र पठाएर वर्खास्त गरेर बालुवाटारबाट हटाउन सक्ने जीकिर गर्नुभयो । राष्ट्रपति एकमात्र निर्वाचित निकायको रुपमा रहेको, प्रधानमन्त्री काम चलाउ भईसकेको भन्दै ओलीले मुलुकलाई बर्तमान राजनीतिक र संबैधानिक जटिलताबाट निकास दिन राष्ट्रपति मात्र सक्षम रहेको बताउनुभयो ।


